कोरोनाबाट मृत्यु भएका वृद्धको शव व्यवस्थापन गरियो
Tuesday, June 9th, 2020, 12:21 pm
पोखरा, जेठ २७ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएका स्याङ्जाको ६० वर्षीय एक पुरुषको शव व्यवस्थापन गरिएको छ ।
उनको पोखरा महानगरपालिका–११ स्थित सेती नदी किनारको रिठ्ठाघाटमा जातीय संस्कार अनुसार व्यवस्थापन गरिएको हो ।
वालिङ नगरपालिका–३ का उनको कोरोनाबाट मृत्यु भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा आइसोलेशनमा राखिएका स्याङजा वालिङ नगरपालिकाका उनको मृत्यु भएको हो ।