भरुवा बन्दुकसहित एकजना पक्राउ
Tuesday, June 9th, 2020, 11:54 am
ओखलढुङगा, जेठ २७ । ओखलढुंगामा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । सोमबार सुनकोशी गाउँपालिका–४ का २६ वर्षीय युवराज राई १ थान भरुवा बन्दुकसहित पक्राउ परेका हुन् ।
हिजो दिउँसो राईले मानेभञ्याङ गाउँपालिका–८ मा भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचना प्राप्त भएसँगै प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरी टोलीले राईलाई १ थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।