भारतबाट नेपाल छिराउँदै गरेको १ लाखबराबरको अबैध समान बरामद
Tuesday, June 9th, 2020, 11:38 am
झापा, जेठ २७ । भारतबाट नेपाल छिराउँदै गरेको १ लाखबराबरको अबैध समान बरामद गरिएको छ । प्रहरीले झापाको मेचीनगर नगरपालिका–७ टुक्रेबाँधबाट १ लाख १० हजार बराबरको अबैध समान बरामद गरेको हो ।
सोमबार राति पौने ८ बजेको समयमा इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको करिव १ लाख १० हजार रुपैयाँ मूल्य बराबरको सुतिको कपडा बरामद गरेको हो ।
बरामद भएको कपडा आवश्यक कानूनी कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाईने उक्त कार्यालयले जनाएको छ ।