कोरोना महामारी अझ खराब हुँदै गएको डब्लुएचओको चेतावनी
Tuesday, June 9th, 2020, 11:30 am
एजेन्सी, जेठ २७ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना महामारी अझ खराब हुँदै गएको चेतावनी दिएको छ ।
सोमबार कोरोनासम्बन्धी पत्रकार सम्मेलनमा डब्लुएचओका प्रमुख टेड्रोस अधानमले कोरोना महामारीमा अझ खराब हुँदै गएको बताएका हुन् ।
छ महिनाभन्दा बढी समय बिताए पनि कुनै पनि देशले अहिलेसम्म आरामको सास लिन नसकेको उनले बताए । साथै उनले यी देशहरूमा अब आफ्नो उपलब्धिमा सन्तुष्ट भएको नै सबैभन्दा ठूलो खतरा रहेको बताएका छन् ।
कोरोना भाइरसबाट विश्वभर ७० लाखभन्दा बढी संक्रमितहरू रेकर्ड गरिएका छन् भने यसका कारण ४ लाखभन्दा बढी मानिसहरूले ज्यान गुमाइसकेका छन् ।