आजको मौसमको पूर्वानुमान
Tuesday, June 9th, 2020, 9:26 am
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापिय प्रणालीको प्रभाव रहेको छ ।
यसैगरी, हाल देशको प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका धेरै भूभाग र प्रदेश १ का पहाडी भूभागहरूमा सामान्य बदली रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश सहित प्रदेश २ का केहि भूभागमा आंशिक बदली रहेको देखिन्छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केहि भूभागमा हल्का बर्षा भइरहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख गरिएको छ ।
मंगलबार(आज) दिउँसो प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदुर पश्चिम प्रदेशमा सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ मा आंशिक बदली रहनेछ ।
प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, प्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानले जनाएको छ ।