गण्डकी प्रदेशमा २४ जना कोरोना संक्रमित थपिए
Tuesday, June 9th, 2020, 8:45 am
काठमाडौं ,२७ जेष्ठ। गण्डकी प्रदेशमा आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएकाहरुमा नवलपुरका १२ जना, म्याग्दीका १ जना र बागलुङका ११ जना रहेको गण्डकी प्रदेशस्थित स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा उनीहरुका संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना क्रमितको संख्या १ सय ४४ पुगेको छ । 