पिकअपको ठक्करबाट पैदल यात्रीको ज्यान गयो
Tuesday, June 9th, 2020, 8:09 am
झापा, जेठ २७ । झापामा पिकअपको ठक्करबाट पैदल यात्रीको ज्यान गएको छ । दमक नगरपालिका–१ को भित्री सडक खण्डमा पिकअप गाडीले पैदल यात्रीलाई ठक्कर दिँदा पैदल यात्री दमक नगरपालिका–१ का ७८ का दुर्गाप्रसाद अधिकारीको मृत्यु भएको हो ।
सोमबार दिउँसो पौने ४ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ९१७ नम्बरको पिकअपले उनलाई ठक्कर दिएको थियो । पिकअपको ठक्करबाट घाइते भएका अधिकारीको लाईफ लाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
ठक्कर दिने पिकअप र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।