रुकुम घटनाबारे छानबिन गर्न संसदीय विशेष समितिको टोली गठन
Monday, June 8th, 2020, 8:42 pm
काठमाडौँ, जेष्ठ २। सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा रुकुम-पश्चिम घटनाको छानबिन गन संसदीय विशेष समिति गठन भएको छ ।
संसदीय समितिमा सांसदहरू इकवाल मियाँ, दुर्गा पौडेल, पावर्ती विशुंखे,महेश्वरजंग गहतराज, विमला विक, मीनबहादुर विश्वकर्मा, प्रकाश सराइली र रामसहायप्रसाद यादव रहेका छन् ।उक्त समितिलाई ३० दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको सभामुख सापकोटाले घोषणा गरेका छन् ।
दलित युवाले मल्ल थरकी युवतीसँग विवाह गर्न खोज्दा चौरजहारी घटनामा नवराज विक लगायत ६ जना युवाहरूको जेठ १० गते हत्या भएको थियो । उक्त घटनामा केटी पक्षका मान्छेहरूले दलित युवाहरूमाथि हमला गरेका थिए ।
गृहमन्त्रालयले घटनाको छानबिन गर्नका लागि सहसचिवको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरे पनि उक्त समितिप्रति आफ्नो विश्वास नरहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो ।
शुक्रबारको सभामुख सापकोटाले प्रतिनिधिसभा बैठकमा उक्त घटनाको छानबिनका लागि संसदीय विशेष समिति गठन गर्ने बताएका थिए ।