पेट्रोल छर्केर घाईते भएका युवकको मृत्यु
Monday, June 8th, 2020, 6:34 pm
अछाम, जेठ २। छाक टार्न समेत धौधौ भएको भन्दै आफ्नै शरिरमा पेट्रोल छर्केर सख्त घाईते भएका साँफेबगर नगरपालिका वडा नम्बर – ६ भागेश्वरका सिद्धार्थ आउजीको उपचारका क्रममा मृत्य भएको छ ।
आउजीको उपचारका क्रममा केही वेर अघि कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख नरपति भट्टले जानकारी दिनुभयो ।
केहि हप्ता अगाडि आर्थिक संकट परेको भन्दै अस्पतालले ३३ जना कर्मचारी हटाएको थियो। अस्पताल उनी सफाईको काम गर्दै आएका थिए।