एकै दिन संक्रमित थपिने संख्या ३१४ पुग्यो, कुल संक्रमित संख्या ३७६२ पुग्यो
Monday, June 8th, 2020, 4:38 pm
काठमान्डौ, जेठ २६। नेपालमा आज मात्र कोरोना भाइरसको संक्रमण थपिनेको संख्या ३१४ पुगेको छ।
आज थपिने संक्रमित मध्ये २९४ जना पुरुष रहेका छन् भने २० जना महिला रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफ़िङ्ग मार्फत मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन।
यो संगै नेपालमा कुल संक्रमितको संख्या ३७६२ पुगेको हो।