कर्णाली प्रदेशमा ६ सय ५७ पुग्यो कोरोना संक्रमितको संख्या
Monday, June 8th, 2020, 2:06 pm
दैलेख, २६ जेठ । कर्णाली प्रदेशमा सोमबार थप १६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार दैलेखका १० जना, सल्यानका ५ जना र सुर्खेतका एकजना गरी थप १६ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६ सय ५७ पुगेको छ ।