कोरोनामुक्त देश बन्यो न्यूजिल्याण्ड
Monday, June 8th, 2020, 12:20 pm
काठमाडौं, जेठ २६ । न्यूजिल्याण्ड कोरोना भाइरसमुक्त देश बन्न सफल भएको छ । सबै संक्रमित अस्पतालबाट डिस्चार्ज भएसँगै न्यूजिल्याण्ड कोरोनामुक्त देश बन्न सफल भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।
उनीहरूका अनुसार अब न्यूजिल्याण्डमा एक जना पनि कोरोना संक्रमित बाँकी छैनन् । हालसम्म १ हजार ५ सयभन्दा बढी कोरोना संक्रमितहरू फेला परेका थिए । न्यूजिल्याण्डमा २२ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् भने बाँकी १४ सय ८२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
अधिकारीहरूका अनुसार अब न्यूजिल्याण्डले भाइरसलाई हराइसकेको देखिन्छ । न्यूजिल्याण्डले १ मार्चदेखि देशमा लकडाउनको छिटो र व्यापक कार्यान्वयन गरेको थियो ।