प्रदेश नं २ मा थप १९ जनामा कोरोना संक्रमण पुष्टि
Monday, June 8th, 2020, 10:57 am
वीरगन्ज, जेठ २६ । सोमबार बिहान प्रदेश नं २ का १९ जनामा थप कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बारा, पर्सा र रौतहटका १९ जनाको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पताल वीरगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।
पिसीआर परीक्षणको क्रममा पर्सा जगरनाथपुरस्थित सन्ठि क्वारेन्टाईनमा रहेका एक महिलासहित आठ जना, बाराको पचरौता हर्दिया क्वारेन्टाईनमा रहेका सात जना र रौतहटको गढीमाई क्वारेन्टाईनमा रहेका चार जना गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताए ।
संक्रमित १९ जना सबै भारतका विभिन्न स्थानबाट नेपाल भित्रिएका व्यक्तिहरू भएको र उनीहरूलाई सिधै क्वारेन्टाईनमा राखिएको जनाइएको छ । संक्रमित सबैको अवस्था सामान्य रहेको र उनीहरूलाई थप उपचारका लागि आइसोलेसनमा ल्याउने तयारी भइरहेको उपाध्यायले बताए ।