२१३ जनामा संक्रमण पुष्टि, कोरोना संक्रमित संख्या ३४४८ पुग्यो
Sunday, June 7th, 2020, 4:52 pm
काठमाडौं, जेठ २५ । नेपालमा थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१३ जना थपिएसँगै कूल संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ ।
आज थपिएका नयाँ संक्रमितमध्ये २ सय ९ जना पुरुष र ४ जना महिला रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितमध्ये अधिकांश क्वारेन्टिनमा बसेकाहरू रहेको जानकारी दिए ।