स्वास्थ्य मन्त्रालयका प्रवक्ताको जिम्मेवारी अब गौतमलाई
Sunday, June 7th, 2020, 4:14 pm
काठमाडौं, जेठ २५ । शनिबारसम्म स्वास्थ्य मन्त्रालयका प्रवक्ता रहेका विकास देवकोटाको सरूवा भएको छ। शनिबारसम्म स्वास्थ्य मन्त्रालयका प्रवक्ता रहेका विकास देवकोटाको सरूवा भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डाक्टर जागेश्वर गौतमलाई दिइएको छ। उनलाई हालै मात्र परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालबाट मन्त्रालय तानिएको थियो।
हाल प्रवक्ता रहेका डाक्टर विकास देवकोटालाई गुणस्तर मापन महाशाखा पठाइएको मन्त्रालयका प्रशासन विभागका प्रमुख रघुराम बिष्टले जानकारी दिनुभयो ।
कोरोना भारइसको संक्रमण सुरू भएदेखि देवकोटा प्रवक्ता रहनुभएको थियो । मन्त्रालयको नियमित अपडेट गराउँदै आउनुभएको थियो । पछिल्लो समय मन्त्रालयले व्यापक रूपमा कर्मचारी सरूवा र हेरफेर गरेको छ। केही समयअघि मात्र मन्त्रालयमा नयाँ सचिवको रूपमा लक्ष्मण अर्याललाई ल्याइएको थियो।
यस्तै स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ र विभागकै व्यवस्थापन प्रमुख भोगेन्द्र डोटेललाई पनि मन्त्रालय तानिएको थियो।