आर.डि.टि. बन्द गरेर पी.सि.आर. बडाएर जनताको स्वास्थ्यमा ध्यान दिने पो हो कि ?
Sunday, June 7th, 2020, 4:44 pm
ए, सरकार क्वारेन्टिनमा बसेकाहरुको त अनिबार्य रुपमा पि.सि.आर परिक्षण गर । आर.डि.टि परिक्षण तत्काल बन्द गर । जुन परिक्षणलाई बिश्व स्वास्थ्य संगठन (WHO) र बिश्वका कुनै पनि देशले यसलाइ प्रयोग वा प्राथामिकता दिएका छैनन । किनकी यो भरपर्दो हुँदै होइन र छैन । यति धेरै गलत रिपोर्ट आउदा आउदै पनि अझै आर.डि.टि परिक्षणलाई नरोक्ने हो भने भुस भित्र सल्केको आगोको रुपमा कोरोना फैलिने निश्चिति छ । के यो सरकारको हैसियत वडा अध्यक्ष वा गाउँपालिका प्रमुखको भन्दा माथी नभएकै हो त ?
यदि तेसो हो भने आफ्नो मुखमा दोब्बर तेब्बर मास्क लगाएर भने हुन्छ , हामी पि.सि.आर परिक्षण गर्न सक्दैनौ । जनताले अभियान नै चलाएर भए पनि भरपर्दो परिक्षण गर्छन । अन्यथा स्थिती भयावह उन्मुख छ । कोरोना पोजेटिभ देखिएर अस्पताल पुगेका ब्यक्तिहरुलाइ १४ दिन क्वारेन्टिनमा राखेर परिक्षण नै नगरि घर पठाइदिने यस्तो निर्देशिका जारी किन हुन्छ ? नेपालमा अधिकाङ्श कोरोना संक्रमीत मा लक्षण नै देखा परेको छैन । सरकार भन्छ, लक्षण देखिए मात्र पि.सि.आर परिक्षण गर्ने । यस्तो वाहियात गफको ताद्म्याता कहाँ गएर मिल्छ ? यस्ता बौद्धिक ब्यक्तित्वहरुप्रति सहानुभुती ब्यक्त गर्न बाहेक अरु केही गर्न सकिँदैन । दैलेखमा भारतबाट आएका ८८ जना लाई क्वारेन्टिनमा राखेर आर.डि.टि परिक्षण गरि घर पठाइयो पछि फेरि पि.सि.आर परिक्षण गर्दा ८८ मध्य ८७ जनालाइ कोरोना पोजेटिभ देखियो । त्यसैगरि आर.डि.टि. परिक्षण मार्फत कोरोना छैन भनेर पठाएको ब्यक्तिको घरमा पुगेपछी फेरि कोरोना बाटै मृत्यु कसरी हुन्छ ? यिनै तथ्यांकलाई हेर्ने हो भने पनि स्थिती निकै खराब देखिन्छ । भारत बाट आएर १४ दिन क्वारेन्टिनमा बसेकाहरुको पनि पि.सि.आर परिक्षण नगरि आर.डि.टि परिक्षणलाई नै प्राथामिकता दिनुको कारण के हो ? अनि तिम्रा अर्बै पैसा चै कसरी सकिन्छ ? क्वारेन्टिनमा बसेकाहरुलाई न राम्रो खानपिनको ब्यवस्था छ , न बस्ने राम्रो ब्यबस्था छ , न उचित शौचालयको नै ब्यबस्थापन छ , तै पनि हामी ले यस्तै अव्यवस्थित तरिकालाइ अवलम्बन गर्दै सकाएको अर्बौ पैसा सरकारले काम गरेर नै सकायो भनेर पत्याइदिनु पर्ने ? अनि हामीले चै यस्तै कुरालाइ मुग्दर्शक बन्दै ताली पिटेर मजाक गरिदिनु पर्ने ?? यहाँ २३ सय ब्यक्तिलाई कोरोना पहिचान गर्दा अर्बै पैसा सकिने यो सरकारको १५/२० हजार कोरोना संक्रमीत ब्यक्ति पहिचान गर्न कति खर्ब सक्ने हो थाहा छैन । संक्रमणदर तिब्र रुपमा बढिरहेको छ । जम्मा मृत्यु भएको १३ ओटा घट्नालाइ हेर्ने हो भने, १३ मध्य ११ जनाको मृत्यु पश्चात कोरोना भएको पुष्टि भएको छ । तेहि रिपोर्ट पनि मृत्यु भएको ४/५ दिन पछि आउँछ । यसरी सूक्ष्म रुपमा यी ११ ओटा घट्ना लाई अध्यन गर्नु पर्छ कि नाइ ? यस्तो कठिन परिस्थितिमा हजारौं पि.सि. आर परिक्षण हुनुपर्ने मा अझै पनि सरकारका केही मन्त्रीहरू हामिले कोरोनाको पहिलो केस बिदेशमा गराएका थियौ तर अहिले नेपाल भित्रै १/२ हजार परिक्षण गर्न सकेका छौ भन्दै गौरव बोध गर्छन लचारिहरु ।
७५/८० दिनसम्म सर्बसाधरण जनतालाइ घरभित्र अँध्यारो कोठा मा राख्दा सरकार ले के काम गर्यो ? सासद उठाउने काम (अपहरण )? जुवाडेहरुलाइ छुटाउने काम ? बिरोधाभाष बिध्यक संसद मा टेबल गर्ने काम ? यस्तो बिपदको परिस्थितिमा स्वास्थ्य सामाग्री खरिदको नाममा भ्रष्टाचार गर्ने काम ? कुहिएको राहत बितरण गर्ने जनप्रतिनिधी छुटाउने काम ? यहि हो यो बिचको समयको काम । ७५/८० दिन सम्म सरकारले लकडाउन गर्दै गर्दा त्यो बिचको समयमा उस्ले लकडाउनको भाबि ठोस योजना तयार गर्न सक्थ्यो तर सरकार ७५ दिनसम्म कुम्भकर्ण झै सुत्यो र बल्ल छलफलको नाममा नाटक मन्चन गरिहेको छ । त्यो पनि अनिर्णयको बन्दिमा । सरकारले उप-प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्व मा एउटा निरीह उच्च-स्तरीय समिती गठन गर्यो । त्यो समिती को काम लकडाउन माथी लकडाउन गर्न बाहेक अन्य कुनै सुझाब दिन सक्ने हैसियत नै राखेन । जब सम्म RDT परिक्षण रोकिदैन तब सम्म कोरोना समुदायस्तरमा फैलने व्यापक सम्भावना हुन्छ ।
सर्बसाधरण जनाताको स्वास्थ्यमाथिको खेलवाड तत्काल बन्द गर ।