मोरङमा कोरोना संक्रमितको संख्या १९ पुग्यो
Sunday, June 7th, 2020, 3:07 pm
विराटनगर, जेठ २५ । मोरङमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमण हुनेको संख्या १९ पुगेको छ ।
आइतबार विराटनगरकी एक महिलामा कोरोना पोजिटि भएसँगै संक्रमितको संख्या १९ पुगेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
आइतबार विराटनगर–३ की २२ वर्षीय महिलामा संक्रमण देखिएको हो । उनी भारतबाट आएको खुलेको छ । आज नै मोरङको रतुवामाई नगरपालिकामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मोरङका संक्रमितहरू विराटनगर, रंगेली, रतुवामाई, सुनबर्सी, सुन्दरहरैंचा र बुढीगंगाका रहेका छन् ।