सुनको मूल्य तोलाको १० हजार ४ सय रुपैयाँले बढ्यो
Sunday, June 7th, 2020, 2:10 pm
काठमाडौं, जेठ २५ । सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले तोलामा १० हजार ४ सय रुपैयाँले बढेको जनाएको छ ।
महासंघले कोरोना महामारीका कारण १० चैतदेखि सुनचाँदीको मूल्य सार्वजनिक गर्न बन्द गरेको थियो । तर, आइतबार सार्वजनिक भएको मूल्यअनुसार तोलामा १० हजार ४ सय रुपैयाँले बढेर सुन प्रतितोला ८७ हजार ४ सय पुगेको छ ।
१० चैतको सुनको मूल्य प्रतितोला ७७ हजार रुपैयाँ रहेको थियो ।
यसैगरी चाँदीको मूल्य पनि प्रतितोला ९ सय २५ रुपैयाँ तोकिएको छ । चाँदीको भाउ पनि २ सय ५ रुपैयाँ प्रतितोलाले बढेको छ ।