प्रदेश १ को क्वारेन्टिनमा बस्नेको संख्या चार हजार नाघ्यो
Sunday, June 7th, 2020, 1:03 pm
इटहरी, जेठ २५ । भारतमा रेल तथा हवाई सेवा खुलेसँगै प्रदेश १ मा विभिन्न क्वारेन्टिनमा बस्नेहरूको संख्या ४ हजार नाघेको छ ।
प्रदेश १ मा रहेका ३ सय ९४ क्वारेन्टिनमा बस्नेको संख्या शनिबार साझसम्म ४ हजार १ सय ३० पुगेको छ । जसमा ३ हजार ४ सय ५८ पुरुष र ६ सय ७२ महिला रहेका छन् ।
प्रदेश एकको कोरोना सूचना डेस्कले दिएको जानकारीअनुसार क्वारेन्टाइनमा बस्नेहरू भारतबाट आएकाहरू रहेका छन् ।
क्वारेन्टाइनमा बेड संख्या १० हजार छ ।