अक्षय बने भारतका सर्वाधिक कमाइ गर्ने सेलिब्रेटी
Sunday, June 7th, 2020, 11:29 am
काठमाडौं, जेठ २५ । बलिउड अभिनेता अक्षय कुमार भारतका सर्वाधिक कमाइ गर्ने सेलिब्रेटी बनेका छन् । अमेरिकी बिजनेस म्यागाजिन ‘फोर्ब्स’ ले एक वर्षमा संसारभरिका सबैभन्दा धेरै कमाइ गर्ने सेलिब्रेटीको सूचिमा सार्वजनिक गरेको थियो ।
जसमा, भारतबाट सर्वाधिक कमाइ गर्ने बलिउडका चर्चित अभिनेता अक्षय कुमार मात्र पर्न सफल भएका छन् । ५२ वर्षीय अक्षय कुमार ४८.५ मिलियन डलर आम्दानीसहित सूचिको ५२औं नम्बरमा छन् ।
‘फोर्ब्स’का अनुसार अक्षयले हलिउडका समेत थुप्रै सुपरस्टारलाई पछि पारेका छन् । अक्षयले हलिउड सेलिब्रिटी जेनिफर लोपेज, एन्जेलिना जोली, विल स्मिथ, रिहाना, केटि पेरि, लेडी गगा लगायतलाई पनि उछिनेका छन् ।
२०१८ मा सार्वजनिक भएको सबैभन्दा धेरै कमाउने सेलिब्रेटीको सूचीमा बलिउडबाट सलमान खान, अमिताभ बच्चन, शाहरुख खान र अक्षय कुमार परेका थिए भने लगातार दुई वर्षदेखि सबैलाई पछि पर्दै अक्षय मात्र उक्त सूचिमा अटेका छन् ।
सन् २०१९ मा ६५ मिलियन डलरसहित अक्षय ३३औं नम्बरमा परेका थिए ।