बर्दियाका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना सङक्रमण
Sunday, June 7th, 2020, 11:21 am
बर्दिया, जेठ २५ । बर्दिया जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना भाइरस (कोभिड–१९) सङक्रमण पुष्टि भएको छ ।
शनिबार भेरी अस्पताल, नेपालगञ्जमा भएको पिसिआर परीक्षणमा ५५ वर्षीय चालकको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । चालकलाई गुलरियास्थित जिल्ला समन्वयको सभाकक्षको आइसोलेशनमा राखिएको छ ।
उनी दुई दिनअघि सरुवा भएका प्रजिअ प्रेमलाल लामिछानेलाई काठमाडौंँ पु¥याएर नयाँ प्रजिअ लीलाधर अधिकारीलाई काठमाडौंँबाट ल्याएका थिए । सरुवा भएका प्रजिअ लामिछानेको पिसिआर नेगेटिभ देखिएको प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिए ।