कोरोना भाइरसको संक्रमणबाट एकैदिन दुई जनाको मृत्यु, मृतकको संख्या १३ पुग्यो
Saturday, June 6th, 2020, 5:18 pm
काठमान्डौ, जेठ २४:- नेपालमा कोरोना भाइरसको संक्रमणका कारण कैलाली र डोल्पामा एक-एक जनाको मृत्यु भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेती अस्पतालमा डायलासिसको उपचारको क्रममा मृत्यु भएपनि कोरोना भाइरसको टेस्ट गर्दा पोजेटिभ भेट्टिएको हो।
उता, जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ । उनि जेठ १८ गते नेपालगञ्ज-सुर्खेत-जुम्ला हुँदै डोल्पा पुगेका थिए। निधनपछि पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । उनको २० गते नै निधन भएको थियो।