नेपालमा ३२३ जना नयाँ संक्रमित थप, संक्रमितको संख्या ३२३५ पुग्यो
Saturday, June 6th, 2020, 4:40 pm
काठमाडौं,जेठ २४ ।नेपालमा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
आज थपिएका ३२३ सहित नेपालमा संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको स्वास्थ्य मन्त्रालययका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । तीम ध्ये २८६ जना पुरुष र ३७ जना महिलामा संक्रमण देखिएको हो।
नेपालमा हालसम्म ३६५ जना उपचारपछि निको भएका छन्। पछिल्ललो २४ घण्टामा ३२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।