नेपालमा कोरोनाका कारण बाह्रौं व्यक्तिको मृत्य
Saturday, June 6th, 2020, 2:44 pm
काठमाडौं, जेठ २४ । नेपालमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । शनिबार थप एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ष्ठानले डोल्पाका जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेको हो ।
शनिबार विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले कोरोनाका कारण उनको मृत्यु भएको पुष्टि गरेको हो । १८ गते भारतबाट नेपाल फर्किएका उनको आरडीटी परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टाइनमा बस्नेगरी घर पठाइएको थियो ।
उनको २० जेठमा मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ हो ।