माडीका एक युवकको चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा मृत्यु
Saturday, June 6th, 2020, 12:33 pm
चितवन, जेठ २४- करिब दुई साता अघि भारतबाट माडी आएका एक युवकको चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएको छ । शनिबार बिहान माडी नगरपालिकाका २७ वर्षीय पुरुषको मृत्यु भएको हो ।
ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको शनिबार बिहान करिब साढे १० बजे मृत्यु भएको भरतपुर अस्पताल स्रोतले बतायो ।