गोरु काटेको आरोपमा दुईजना पक्राउ
Saturday, June 6th, 2020, 12:25 pm
ताप्लेजुङ, २४ जेठ । ताप्लेजुङ फुङलिङ–९ स्थितमा गोरु काट्ने दुई जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा सोहि स्थानका ३८ बर्षीय अर्जुन गुरुङ र ४५ बर्षीय खेमराज गुरुङ रहेका छन । उनिहरुलाई गोरु काटिरहेको अवस्थामा हिजो बेलुका ७ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।