एम्बुलेन्सले ठक्कर दिँदा साइकल यात्रीको ज्यान गयो
Saturday, June 6th, 2020, 12:02 pm
मोरङ, जेठ २४ । सुनसरी बर्जु–१४ का ४० वर्षीय मनोजकुमार माझीको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ । शुक्रबार बेलुका ८ बजे मोरङ बुढिगंगा गोकुवा चोक राजमार्गमा को२च २८८२ नम्बरको ऐम्बुलेन्सले साइकलयात्री माझीलाई ठक्कर दिएको थियो ।
एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा बिराट टिचिङ अस्पतालमा पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ठक्कर दिने एम्बुलेन्स र एम्बुलेन्स चालक प्रेम राजवंशी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।