‘प्रेमगीत ३’ फागुन १३ गते प्रदर्शनमा आउने
Thursday, November 25th, 2021, 12:31 pm
काठमाडौँ । फिल्म ‘प्रेमगीत ३’ फागुन १३ मा प्रदर्शनमा आउने भएको छ । निर्माता सन्तोष सेनले फिल्म शिवरात्रीको अवसर पारेर प्रदर्शन गरिने जानकारी गराएका हुन् ।
महंगो बजेटमा निर्माण भएको फिल्ममा शिव श्रेष्ठ, प्रदीप खड्का, सुनिल थापा आदि कलाकारको अभिनय रहेको छ । यो फिल्मबाट मनिष राउत र क्रिष्टिना गुरुङले डेब्यू गर्दैछन् । छेतेन गुरुङ र सन्तोष सेन मिलेर निर्देशन गरेको फिल्मलाई छेतेन गुरुङले लेखेका हुन् । उनको केही समयअघि मात्र निधन भएको थियो ।