सिसिएमसीको प्रस्ताव असार १ देखि आन्तरिक उडान खोल्ने
Friday, June 5th, 2020, 8:10 pm
जेठ २३, काठमाडौं ।कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिसिएमसी)ले असार १ गतेदेखि आन्तरिक हवाई उडान खोल्ने प्रस्ताव गरेको छ।
सिसिएमसीले तयार पारी उच्चस्तरीय राजनीतिक संयन्त्रमा पेस भएको उक्त प्रस्तावमा कूल क्षमताको ४० प्रतिशत यात्रु राखेर हवाई सेवा खुल्ला गर्ने उल्लेख छ।
समितिले छलफल गरी निर्णय गरेर मन्त्रिपरिषदबाट स्वीकृत भएपछिमात्र यो प्रस्ताव लागू हुने छ।
प्रस्तावअनुसार निर्णय भएमा असार १ देखि आन्तरिक उडानका जहाजहरु उड्न थाल्नेछन् तर कुल क्षमताको ४० प्रतिशतमात्र यात्रु राखेर। यो नियमअनुसार ७२ सिट क्षमता भएको जहाजमा २८ जनालेमात्र एकैपटक यात्रा गर्न पाउने छन्।
उडान खुला भएपछि यात्रु तथा एयरलाइन्सहरुले पालना गर्नुपर्ने निर्देशिका नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि नै तियार पारिसकेको छ।