१५७ जना नेपाली लिएर आयो एयर अरेवियाको जहाज
Friday, June 5th, 2020, 7:17 pm
२३ जेठ, काठमाडौं । यूएईमा कोभिड -१९ का कारण समस्यामा परेका १५७ जना नेपाली नागरिक लिएर आएको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।
एयर अरेवियाको जी ९ १७५१ नम्बरको विमान काठमाडौँमा अवतरण गरेको हो । इजादा फ्यासिलिटी म्यानेजमेन्टमा कार्यरत ६७, टान्स गार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना र अन्य ११ जना गरी १ सय ५७ जना नेपाली नेपाल आएका छन् ।
नेपाल सरकारले तय गरेको प्राथमिकताका आधारमा नेपाल पठाउने गरी दूतावासले सूची तयार गरे पनि विभिन्न प्राबिधिक कारण देखाउँदै उनीहरुलाई यूएईमै रोकिएका छन।
शुक्रबार नेपाल आउनलाई तय भएका व्यक्तिसहित अन्यको उडान अब कहिले हुन्छ भन्ने तय भइसकेको छैन ।