प्रदेश एकमा संक्रमितको संख्या २ सय ६ पुग्यो, भोजपुरमा थपिए पाँच जना संक्रमित
Friday, June 5th, 2020, 3:27 pm
भोजपुर, जेठ २३ । भोजपुरमा थप पाँच जनामा कोरोना संक्रमण देखिएसँगै प्रदेश एकमा संक्रमितको संख्या २ सय ६ पुगेको छ । शुक्रबार भोजपुरको षडानन्द नगरपालिका दिङ्लाका पाँच जनामा संक्रमण देखिएको हो ।
भारतबाट सुनौली नाका हुँदै १३ जेठमा आएर ‘होल्डिङ एरिया’ मा बसेका पाँच जनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि हुनेमा १७, १९, २९, ३०, ३२ वर्षका पुरुषहरू रहेका भोजपुरका प्रहरी प्रमुख डिएसपी नरबहादुर सलामी मगरले जानकारी दिए ।
आज पाँच जना सङ्क्रमित फेला परेसँगै जिल्लामा कूल संक्रमित ६ जना पुगेका छन् । यसअघि भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।