उदयपुरमा ट्याक्टर अनियन्त्रित भइ दुर्घटना, एकजनाको ज्यान गयो
Friday, June 5th, 2020, 3:20 pm
उदयपुर, जेठ २३ । उदयपुरमा ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलका नगरपालिका–८ का ३१ वर्षीय ईन्द्रबहादुर राई रहेका छन् ।
शुक्रबार बिहान पौने १० बजेको समयमा भिमफेदीबाट सेतिखोलातर्फ जाँदै गरेको को २ त ९१५२ नम्बरको ट्याक्टर सेतिखोला पुल छेउमा आफैं अनियन्त्रीत भई दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।