ताप्लेजुङमा घाँस काट्न गएकी महिलाको भीरबाट लडेर ज्यान गयो
Friday, June 5th, 2020, 2:26 pm
ताप्लेजुङ, २३ जेठ । ताप्लेजुङमा घाँस काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु भएको छ । ताप्लेजुङको सिरिजंघा–४ फुन्द्रुवा बस्ने ३६ वर्षीया खड्गीमाया भट्टराईको भीरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तेल्लोकले जानकारी दिएको छ ।
बिहीबार बिहान ६ बजे घरबाट करिब दुई किलोमिटर निगुरे खेतमुनिको भिरतिर घाँस काट्न गएकी खड्गीमाया दिउँसो ३ बजेसम्म घर फर्की नआएपछि आफन्तले खोजी गर्ने क्रममा उनलाई आफन्तले निगुरे खेतमुनिको भीरमा मृत अवस्थामा फेला पारेको थिए ।