नहरमा डुबेर वृद्धको मृत्यु
Friday, June 5th, 2020, 2:14 pm
विराटनगर, २३ जेठ । मोरङ ग्रामथान–५ सिमरियाका ६० वर्षीय वृद्धको नहरमा डुबेर मृत्यु भएको छ । बिहीबार साँझ नहरमा डुबेर फौदी चौधरीको मृत्यु भएको प्रहरी कार्यालय मोरङले जनाएको छ ।
हिजो साझँ ६ बजे घर नजिकै रहेको नहरको छेउमा गाई चराउने क्रममा एक्कासी लड्दा नहरमा डुबेर चौधरीको मृत्यु भएको भनी स्थानीयले इलाका प्रहरी कार्यालय हरैचामा जानकारी गराएका थिए ।
घटनाको जानकारी पाउनसाथ खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।