सरकारी प्रयोगशालाले धान्न नसकेपछि निजीलाई पनि परीक्षण गर्न दिने निर्णय
Friday, June 5th, 2020, 11:08 am
काठमाडौं, जेठ २३ । सरकारले निजी क्षेत्रका प्रयोगशालाहरूलाई पनि कोरोना भाइरसको परीक्षण गर्न दिने निर्णय गरेको छ। सरकारी मातहतका प्रयोगशालाले परीक्षणको चाप धान्न नसकेपछि निजी क्षेत्रलाई पनि परीक्षण गर्ने ढोका खुलेको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले इच्छुक निजी क्षेत्रका प्रयोगशालाहरूलाई आफ्नो परीक्षण क्षमतासहितको विवरण पेस गर्न आव्हान गरेको छ।
निजी क्षेत्रलाई उहाँहरूको क्षमता, जनशक्ति र मूल्य निर्धारणको विवरण पेस गर्न भनिएको प्रयोगशालाले जनाएको छ ।
अहिले देशभर रहेका २० वटा प्रयोगशालाहरूले परीक्षणको धान्न नसक्दा प्रयोगशालाहरूमा नमूनाको चाङ लागेको छ।
निर्देशक झाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र दैनिक ३ हजार नमूना आउने गरेको बताउनुभयो । प्रयोगशालाको दैनिक क्षमता एक हजार छ।
यसरी प्रयोगशालाहरूमा क्षमताभन्दा तेब्बर नमूना संकलन हुँदा समयमा परीक्षण हुन नसकेको हो।
तर निजी क्षेत्रसँग परीक्षणमा सहकार्य गर्दा यो चाप अलिकति सहज हुने देखिएको छ ।