सरकारले दियो लकडाउनको मोडालिटी तयार पार्ने जिम्मा कोभिड १९ उच्च स्तरीय समितिलाई
Thursday, June 4th, 2020, 8:39 pm
२२ जेठ, काठमाडौं । मन्त्रिपरिषद बैठकले लकडानको मोडालिटी तयार पार्ने जिम्मा कोभिड १९ उच्च स्तरीय समितिलाई दिएको छ । सरकारले लकडाउन खुकुलो पार्ने मोडालिटी दुई दिनभित्र पेश गर्न कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई जिम्मा दिएको हो ।
केही दिनयता व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्न दिन माग गर्दै नदिए अवज्ञा गर्ने चेतावनी दिएपछि यस विषयमा मन्त्रिपरिषद बैठकमा छलफल भएको हो ।
सरकारले चैत ११ गते एक साताका लागि सुरु गरेको लकडाउन लम्बिदै गएपछि जनजीवन कष्टकर बनेको छ । नागरिकले लकडाउनको विकल्प खोज्न सरकारलाई आग्रह गरिरहेका छन् ।