सप्तरीमा थप १३ जना कोरोना संक्रमण
Thursday, June 4th, 2020, 5:48 pm
सप्तरी, जेठ २२ । सप्तरीमा बिहीबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार हनुमाननगर कंकालिनी नगरपालिकामा ६, छिन्नमस्ता गाउँपालिकामा ५, राजविराज नगरपालिकामा एक र शम्भुनाथ नगरपालिकामा एक जनामा कोरोना पोजेटिभ पाइएको हो ।
संक्रमितहरू सबै पुरुष नै रहेका छन् । यससँगै सप्तरीमा संक्रमित संख्या ६९ पुगेको छ । हालसम्मको प्राप्त विवरणअनुसार बर्साइन नगरपालिकामा १९, डाक्नेश्वरी नगरपालिकामा १२, राजगढ गाउँपालिकामा १३, हनुमाननगर कंकालिनी नगरपालिकामा ६, राजविराज नगरपालिकामा ५, छिन्नमस्ता गाउँपालिकामा ५, शम्भुनाथ नगरपालिकामा १, बलान विहुल गाउँपालिकामा ४, विष्णुपुर गाउँपालिका १, तिरहुत गाउँपालिकामा १, राजगढ गाउँपालिका १, तिरहुत गाउँपालिकामा १, खडक नगरपालिका १ र सुरुंगा नगरपालिकामा १ जना कोरोना संक्रमित फेला परेको छ ।