२४ घण्टामा थप ३३४ जनामा कोरोना भाइरस पुष्टी, संक्रमितकाे संख्या २६ सय नाघ्यो
Thursday, June 4th, 2020, 5:20 pm
२२ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।
यो संगै कोरोना भाइरस संक्रमितको संख्या २६ सय नाघेको स्वास्थ्य मन्त्रालयको प्रबक्ता विकास देवकोटाले जानकारी दिए ।
नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका हुन।