कोरोना संक्रमितको मृतकको संख्या १० पुग्यो
Thursday, June 4th, 2020, 5:03 pm
काठमाडौं, जेठ २२ । नेपालमा कोरोना संक्रमण देखिएका थप एक जनाको मृत्यु भएको छ। पाल्पाका ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।
भारतबाट नेपाल आएका ती पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पाल्पा पूर्वखोला घर भएका ती पूरुषको मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
उहाँको स्वाब परीक्षणका क्रममा कोरोना भाइरस पोजिटिभ देखिएको प्रवक्ता डा देवकोटाले जानकारी दिए। योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका १० जनाको मृत्यु भएको छ।नेपालमा हालसम्म २ हजार ६ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।