स्वतिमा खड्का अभिनित ‘चपली हाईट ३’ को ट्रेलर सार्वजनिक
Friday, November 19th, 2021, 5:51 pm
काठमाडौं । नायिका स्वतिमा खड्का अभिनिति ‘चपली हाईट ३’ को ट्रेलर सार्वजनिक भएको छ । आज (शुक्रबार) काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो ।
अर्जुन फिल्म्स्को प्रस्तुति तयार भएको ‘चपली हाईट ३’ को ट्रेलर सस्पेन्स र थ्रिलरले भरिएको छ ।
एउटा हत्या र त्यससँग जोडिएका र अल्झिएका पात्रहरुको कथा समेटिएको फिल्ममा ट स्वस्तिमा खड्क अलावा चलचित्रमा अमिर गौतम, सुपुष्प भट्ट, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, अर्पन थापा, दिपा श्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई तथा शुष्मा नीरौलाको अभिनय रहेको छ ।
अर्जुन कुमारको निमार्ण र निकेश खड्काको निर्देशनमा बनेको फिल्म आगामी पौष २ गते रिलिज हुने तयारीमा रहेको छ । ‘चपली हाईट ३’ आकाश बरालको कथा तथा संवाद रहेको छ । यस अगाडि चपली हाईटका सिरिज पनि लोकप्रिय बनेको थियो।