प्रदेश नं १ मा कोरोना संक्रमितको संख्या २ सय नाघ्यो
Thursday, June 4th, 2020, 4:49 pm
विराटनगर, जेठ २२ । प्रदेश नम्बर एकमा कोरोना भाइरस संक्रमितको संख्या २ सय नाघेको छ ।
पछिल्लो २४ घण्टायता थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश नं एकमा संक्रमितको संख्या २ सय १ पुगेको हो ।
प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले बिहीबार थप १६ जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि गरे ।