क्वारेन्टिन सञ्चालन र व्यवस्थापनको जिम्मा नेपाली सेनालाई
Thursday, June 4th, 2020, 3:48 pm
भद्रपुर, जेठ २२ । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि झापाको कचनकबल गाउँपालिकामा नेपाली सेना परिचालन गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईका अनुसार सबैभन्दा बढी कोरोना संक्रमित भएको सो गाउँपालिकामा नेपाली सेना परिचालनको निर्णय गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा सम्पन्न सो बैठकको निर्णयको ३ नं बुँदा क्वारेन्टिनको सञ्चालन र व्यवस्थापन कार्यमा थप सहयोगका लागि नेपाली सेनाको अस्थायी पोस्ट तैनाथ गरिने उल्लेख छ ।
हाल सो गाउँपालिकामा १०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।