विश्वभर संक्रमितको संख्या ६५ लाख ६८ हजार नाघ्यो, निको हुनेको संख्या ३१ लाख ८७ हजार
Thursday, June 4th, 2020, 3:25 pm
काठमाडौं – विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ६५ लाख ६८ हजार ७ सय ३९ पुगेको छ ।
कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ८७ हजार ९ सय ५९ जनाको मृत्यु भइसकेको छ भने ३१ लाख ६९ हजार ३ सय निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा प्रभबित बढि अमेरिका भएको छ । अमेरीकामा १ लाख ८ हजार ५९ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १९ लाख १ हजार ७ सय ८३ रहेको छ ।