प्रदेश एकमा कोरोनामुक्त हुनेको संख्या ७५ पुग्यो, आजै २७ जना निको भए
Thursday, June 4th, 2020, 2:40 pm
मोरङ, जेठ २२ । प्रदेश नम्बर एकमा कोरोना भाइरस (कोभिड–१९) बाट निको हुनेको संख्या ७५ पुगेको छ । बिहीबार थप २७ जना निको भएसँगै कोरोनाबाट मुक्त हुनेको संख्या ७५ पुगेको हो ।
कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर संगीता मिश्राका अनुसार कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट थप २७ जनाले कोरोना जितेका हुन् ।
यसअघि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना र विराटनगरबाट ३० जनाले कोरोनामुक्त हुँदै घर फर्किएका थिए । हालसम्म प्रदेश नम्बर एकमा कोरोना संक्रमण हुनेको संख्या १८५ रहेको छ ।
बिहीबार बिहान ७ बजेको समयमा स्थानीय सौरभ मियाको घरमा गाई काटिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
मोरङ प्रहरीका अनुसार उनलाई १० केजी मासुसहित मियालाई गरिएको छ । पक्राउ परेका मियाको सम्बम्धमा थप अनुसन्धान भइरहेको तथा घटनामा संग्लग्न रहेका अन्य दुई जना तत्काल फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।