गाई काटेको आरोपमा एकजना पक्राउ, २ जना फरार
Thursday, June 4th, 2020, 12:06 pm
विराटनगर, २२ जेठ । मोरङको विराटनगर महानगरपालिका–१७ का २८ वर्षीय सोहिल मियालाई गाई काटेको आरोपमा पक्राउ परेका छन् ।
बिहीबार बिहान ७ बजेको समयमा स्थानीय सौरभ मियाको घरमा गाई काटिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
मोरङ प्रहरीका अनुसार उनलाई १० केजी मासुसहित मियालाई गरिएको छ । पक्राउ परेका मियाको सम्बम्धमा थप अनुसन्धान भइरहेको तथा घटनामा संग्लग्न रहेका अन्य दुई जना तत्काल फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।