गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४ पुग्यो, आजै १६ जनामा कोरोना संक्रमण
Thursday, June 4th, 2020, 12:00 pm
कास्की, २२ जेठ । गण्डकी प्रदेशका थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बागलुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा गरी थप १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले बिहीबार बिहान जानकारी दिएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनामा संक्रमण देखिएसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ ।
नयाँ पुष्टि भएका सबैलाई अहिले सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ । हालसम्म बागलुङमा १८, स्याङ्जामा १३, नवलपरासीमा १०, पर्वतमा नौ, म्याग्दीमा दुई तथा तनहुँ र लमजुङमा एक–एक संक्रमित छन् ।
कोभिड–१९ पुष्टि भएका बिरामीमध्ये हालसम्म तीन उपचार गराएर निको भएपछि घर फर्किएका र बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ ।