उपत्यकामा सबै प्रकारको पसल बिहान ११ बजेसम्म खोल्ने व्यवसायीको निर्णय
Wednesday, June 3rd, 2020, 8:21 pm
काठमाडौं,२१ जेठ । काठमाडौंका व्यवसायीहरुले भोलीदेखि बिहान ११ बजेसम्म पसलरव्यवसाय खुला गर्ने एकतर्फी निर्णय गरेका छन् ।
साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको आज बसेको केन्द्रिय सचिवालय बैठकले भोलीदेखि आधा दिन पसल र व्यवसाय खुला गर्ने निर्णय गरेको हो ।
लामो समयदेखि व्यवसाय बन्द हुँदा धेरै ठूलो समस्या परेका कारण पसल व्यवसाय खोल्न लागिएको हो। व्यवसाय खुला गरे पनि न्यूनतम दूरी कायम गर्ने, माक्स तथा स्यानिटाइजर प्रयोग गर्ने लगायतका विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले तोकेका न्यूनतम मापदण्डको पालना गर्ने व्यवसायीहरुले जनाएका छन् ।