स्वास्थ्य संकटकाल घोषणाको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने स्वास्थ्य मन्त्रालयको निर्णय
Wednesday, June 3rd, 2020, 5:50 pm
काठमाडौं,२१ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संकटकाल हेल्थ इमर्जेन्सी घोषणाको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ ।
आज मन्त्रालयमा बसेको बैठकको निर्णय नम्बर २ मा २ हजार भन्दा बढी कोरोना संक्रमणको एक्टिभ केस देखिएकाले संक्रामक रोग ऐन २०२० अन्तर्गत हेल्थ इमर्जेन्सी घोषणाको प्रस्ताव गर्ने भनिएको छ ।