२३ सय पुगे कोरोना संक्रमित, एकैदिन थपिए २०१ जना
Wednesday, June 3rd, 2020, 5:27 pm
काठमाडौं, मंगलबार थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यो संगै नेपालमा संक्रमितको संख्या २३०० पुगेको छ ।
नियमित प्रेस बिफ्रिङ गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पछिल्लो पटक २ सय १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए ।