चौतर्फी आलोचना भएपछि असार ७ गतेसम्म कर बुझाउने समय थप
Wednesday, June 3rd, 2020, 5:14 pm
चौतर्फी आलोचना भएपछि आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको हो ।
विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवाना लाग्ने सूचना निकालेको थियो ।
यसअघि जेठ २५ गतेसम्म कर नबुझाए जरिवाना लाग्ने सूचना जारी गरेको आन्तरिक राजश्व विभागले असार ७ गतेसम्म कर बुझाउने समय थपेको हो । चौतर्फी आलोचनापछि विभागले अर्को सूचना जारी गरेको हो ।